+
+

निसानको ‘फेस्टिभ डिल’ : नयाँ गाडी किन्दा १५ लाखसम्म छुट  

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १४:५३

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘निसान फेस्टिभ डिल’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत निसानका गाडीहरू (निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल) खरिद गर्ने ग्राहकहरूले विशेष छुट पाउनेछन् ।

नजिकिँदै गरेको नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना सार्वजनिक गरिएको र यो योजना चाडपर्व अवधिभरि लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत निसान गाडी बुकिङ गर्ने ग्राहकलाई १ वर्षको गाडी बीमा, ३ वर्षको सडक कर र ३ वर्षको सर्भिसिङ निःशुल्क उपलब्ध गराइने छ । यसैगरी ३ वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

निसान म्यागनाइट – एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू रहेका छन् ।

कम्पनीका अनुसार निसान म्याग्नाइटको खरिदमा फेस्टिभ डिलका सुविधाका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?