+
+

२ बालिका मृत भेटिएको ४ दिनपछि आमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १५:००

१९ भदौ, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका दुई बालिकाकी आमाले पनि विष सेवन गरेको पाइएको छ ।

सुन्दरहरैँचा–७ को एक केरा बगानमा अर्जुन कार्कीका छोरीहरु ३ वर्षकी अर्पणा र एक वर्षकी आइका कार्की शनिबार दिउँसो मृत भेटिएका थिए ।

घटनाको चार दिनपछि उनीहरुका आमा अस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमानले धम्की दिएपछि उनले आफूले विष सेवन गरी छोरीहरुलाई पनि विष सेवन गराएको पाइएको प्रहरीले बताएको छ ।

बुधबार प्रहरीले  गरेको पत्रकार सम्मेलनमा पनि अस्मिताले त्यही कुरा दोहोर्‍याएकी थिइन् । शुक्रबार राति श्रीमानसँग विवादपछि उनी दुई छोरी लिएर हिँडेकी थिइन् । छोरीहरुको शव शनिबार भेटिएको थियो भने अस्मिता विक्षिप्त अवस्थामा बुधबार बिहान ४ बजे भेटिएकी थिइन् ।

प्रहरीले उनलाई पक्राउ गरेर सुरुमा कोशी अस्पतालमा उपचारका लागि लगेको थियो ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?