+
+

चाबहिलमा जुत्ता-चप्पल व्यापार मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १५:०५

१९ भदौ, काठमाडौं । काठमाडौंको चाबहिलमा जुत्ता-चप्पल व्यापार मेला सुरु भएको छ ।

स्वदेशी कम्पनीहरूको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेलाको नारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ रहेको छ ।

दशैंको अवसर पारेर चाबहिलको चुच्चेपाटीस्थित हायात हाई ग्राउन्डमा सञ्चालित मेला फूलपातीसम्म सञ्चालन हुने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

व्यापार मेलामा शिखर, रन, हाइलाइफ, सिल्स, बोस, स्वदेश प्राइड, आइडल, वान वर्ल्ड, भेनस, एक्ट्रा, शु ल्यान्ड, बेली, डिजे कलेक्सन र हिमानी कलेक्सन गरी १४ कम्पनीका ५० भन्दा धेरै ब्रान्डका ८ हजारभन्दा बढी डिजाइनका जुत्ता-चप्पल बिक्री तथा प्रदर्शनीमा राखिने गिरीले जानकारी दिए ।

कम्पनीहरूले हालै उत्पादन गरेका नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल पनि बिक्री तथा प्रदर्शनीका लागि व्यापार मेलामा राखिने उनको भनाइ छ । जहाँ १५ देखि ५० प्रतिशतसम्म छुट पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?