+
+

‘लाज शरणम्’ छायांकनलाई डोल्पा पुगे पाँडे, कक्रोच सहितका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १५:३६

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ले निर्माण गर्न लागेको कथानक फिल्म ‘लाज शरणम्’को छायांकन सुरु हुने तयारीमा छ । भदौ २२ देखि यो फिल्मको सुटिङ डोल्पामा हुनेछ ।

चार सदस्यीय कलाकारको टोली स्थानीय वेशभूषा अध्ययन गर्न भन्दै गत महिना त्यहाँ पुगेको थियो । महेश त्रिपाठी लगायतका कलाकारले डोल्पाली भाषा सिकिरहेका छन् ।

बाँकी कलाकारको टोली मंगलबार डोल्पा पुगेको छ । जहाज चढेर कलाकारको टोली जुफाल विमानस्थलमा अवतरण गर्दा त्यहाँ स्थानीयले उनीहरुलाई स्वागत गरेका थिए ।

अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘कक्रोच’, विजय बराल, भोला सापकोटा, रेणु योगी मंगलबार डोल्पा पुगेका हुन् । फिल्म छायांकनका लागि सीताराम कट्टेल ‘धुर्मुस’ पनि त्यता जाने चर्चा छ । यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

कुमार कट्टेल ‘जिग्री ब्रो’ले फिल्मलाई निर्देशन गर्दैछन् । यो फिल्ममा कलाकारको लाइनअप लामो छ । यो फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, सागर लम्साल बले, बबिन राई उर्फ गल्फने बाजे, माला लिम्बू, मुकुन्द श्रेष्ठ, प्रियाना आचार्य मुन्नी र देशभक्त खनालको पनि अभिनय हुनेछ । फिल्मलाई सुदीप बरालले छायांकन गर्नेछन् ।

‘लाज शरणम्’ आगामी फागुन १४ गते रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?