+

राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बन्ने

२०८१ भदौ  १९ गते १५:५१ २०८१ भदौ १९ गते १५:५१
राहुल द्रविड राजस्थान रोयल्सको मुख्य प्रशिक्षक बन्ने

१९ भदौ, काठमाडौं। भारतीय पूर्व टी-२० विश्वकप विजेता प्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली राजस्थान रोयल्सको मुख्य प्रशिक्ष बन्ने भएका छन् । राहुल द्रविड र राजस्थानबीच सम्झौताई भइसकेको इएसपिएनक्रिकइन्फोले जनाएको छ ।

द्रविड सन् २०१२ र २०१३ मा राजस्थानको कप्तान थिए । सन् २०१४ र २०१५ मा उनी राजस्थानको निर्देशक तथा मेन्टरको रुपमा काम गरेका थिए । त्यसपछि सन् २०१६ मा दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स)मा पुगेका उनी त्यसैवर्षदेखि नेशनल क्रिकेट एकेडेमी (एनसिए) मा मुख्य प्रशिक्षकको रुपमा २०२१ सम्म काम गरेका थिए ।

उनको प्रशिक्षकमा भारतले २०१८ मा यू–१९ विश्वकप उपाधि जितेको थियो । २०२१ मा द्रविड भारतको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । गत जुनमा आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई हराउदै उपाधि जिताएसँगै उनी भारतीय क्रिकेटबाट विदा भएका थिए ।

उनको मुख्य प्रशिक्षकमा भारत सन् २०२२ को टी९२० विश्वकपमा सेमिफाइनल, २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र एकदिवसीय विश्वकप फाइनल खेलेको थियो । गत नोभेम्बरमा घरेलु मैदानमा एकदिवसीय विश्वकपमा लगातार १० खेल जिते पनि अन्तिममा फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

राजस्थानले २००८ को पहिलो संस्करणको फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसपछि २०२२ मा फाइनल खेलेपनि राजस्थान गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

राजस्थान रोयल्स राहुल द्रविड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय