+
+

पशुपतिमा तीजका ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १६:१८

१९ भदौ, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका ३ दिन सम्म पशुपति क्षेत्रका ४ किल्लामा दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरी भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो ।

तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?