+
+

खास खास कुरामा कांग्रेस र एमालेको एउटै धारणा छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १६:२४

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी पार्टी भए पनि खासखास कुरामा कांग्रेस र एमालेको एउटै धारणा रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा देउवाले प्रजातान्त्रिक प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिए ।

‘एमाले र काँग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं । कति कुरा समस्या हुन सक्छन्’ उनले भने, ‘तर खास खास कुरामा हाम्रो एउटै धारणा भएकाले कुनै समस्या छैन ।’

बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाबारे दुई दलमा कुनै मतभेद नरहेको उनले बताए । कांग्रेस सभापति देउवाले अगाडि भने, ‘मलाई विश्वास छ, ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?