+
+

पलेशा गोवर्धन राष्ट्रपतिबाट सम्मानित (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ भदौ १९ गते १७:०५

१९ भदौ, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई सम्‍मान गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा दोसल्ला ओढाएर पलेशालाई सम्मान गरेका हुन् ।

साथै  राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।  सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उचाें पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले विशेष कार्यक्रमको आयोजना गरी पलेशालाई सम्‍मान गरेको थियो ।

यस्तै काठमाडौं महानगरले ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहितका नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?