+
+

जीप दुर्घटना हुँदा मुगुमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १७:११

१९ भदौ, सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोरु गाउँपालिका–६ को बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोरु गाउँपालिका–३ भिईगाउँका नरबहादुर बुमी रहेको जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ग १ ज ६४६७ नम्बरको बोलेरो जीप बुधवार बिहान सोरुकोटदेखि गमगढी बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

‘जीपमा चालक र सहचालक मात्रै हरेछन् । गाडी ब्याक गर्ने बेला दुर्घटना भएछ,’ डिएसपी थापाले अनलाइनखबरसँग भने, ‘गाडी ब्याक गर्दा सहचालक पनि बाहिर भएकाले केही भएन ।’ ब्याक गर्ने क्रममा जीप सड्कबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?