+
+

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत : सिन्डिकेट राजदूतले मात्र भत्काउन सक्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १७:२०

१९ भदौ, काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेले राजदूतको प्रयासले मात्र नेपाली कामदार लैजान कोरियन एयरको सिन्डिकेट तोड्न नसक्ने बताएका छन् ।

संसदीय सुनुवाइ विशेष समितिमा भएको सुनुवाइका क्रममा सांसदहरुले कोरिया जाने नेपाली कामदारले चर्को भाडा तिर्नु परेको विषय उठाएका थिए ।

जवाफमा प्रस्तावित राजदूत तुम्बाहाङ्फेले यदि सिन्डिकेट छ भने तोड्नुपर्ने बताइन् । त्यसका लागि राजदूतले समन्वय मात्र गर्न सक्ने भन्दै उनले भनिन्, सिण्डिकेट यदि हो भने भत्काउनुपर्छ । भत्काउन राजदूतले सक्दैन ।’

उनले अगाडि भनिन्, ‘राजदूतले सहजीकरण गर्छ, समन्वय गर्छ । काम गर्ने त सरकारले हो ।’

यसका लागि सांसदहरुले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनको जोड छ ।

उनले आफू अनुमोदित भए प्रधानमन्त्रीस्तरीय भ्रमण गराउन पहल गर्ने बताइन् । नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्रीको कोरिया भ्रमण गराउन सके राम्रो हुने लागेको बताइन् ।

प्रस्तावित राजूत तुम्बाहाङ्फेले भनिन्, ‘यदि म अनुमोदित भएँ भने प्रधानमन्त्रीलाई समय मिलाउनुहोला भनेर जान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?