+

एन्फा महिला लिगमा आर्मीको विजयी सुरुवात

२०८१ भदौ  १९ गते १८:२७ २०८१ भदौ १९ गते १८:२७
एन्फा महिला लिगमा आर्मीको विजयी सुरुवात

१९ भदौ, काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा बुधबार संकटा क्लबलाई ४-० ले पराजित गरेको छ । विमला चौधरीको दुई गोलमा आर्मीले सहज जित निकालेको हो ।

सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले आर्मीलाई जित दिलाउन विमला चौधरीले २, सावित्री देवी मगर र अनिता लम्जेल १-१ गोल गरे। १९औं मिनेटमा सावित्रीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमन आर्मीले तीन गोल थप्यो । विमलाले खेलको ६१औं र ७१औं गोल गरे । ७६औं मिनेटमा अनिताले आर्मीको लागि चौथो गोल गरे ।
जितपछि आर्मीले ३ अंक जोडेको छ । बुधबारको खेलपछि पहिलो चरणमा पाँच खेल सकिएका छन् ।

पहिलो चरढमा आर्मीसहित कोशी प्रदेश र बागमती युथ क्लबले जित हात पारे ।बिहीवारदेखि लिगको दोस्रो चरणको खेल सुरु हुनेछ । बिहीवार ह पहिलो खेलमा बागमती यसथ क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भईरहेको लिगमा १० टोलीको सहभागिता छ ।

आर्मी एन्फा महिला लिग त्रिभुवन आर्मी फुटबल क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय