+
+

निरन्तर उत्कृष्ट नतिजाले ‘प्लाटिनम अप्रुभल लर्निङ पार्टनर’ दर्जा पाइरहेका छौं

द ब्रिटिस कलेजको प्रभावकारी शिक्षण सिकाइका कारण ‘विश्व सर्वोत्कृष्ट’ विद्यार्थी उत्पादन गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १९:००

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत द ब्रिटिस कलेजले सन् २०१२ देखि सुरु गरेको ‘एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स’ (एसीसीए) शैक्षिक कार्यक्रम नेपाली विद्यार्थीमा लोकप्रिय बन्दै गइरहेको छ । कलेजको प्रभावकारी शिक्षण सिकाइका कारण ‘विश्व सर्वोत्कृष्ट’ विद्यार्थी उत्पादन गरिरहेको छ ।

कलेजले ‘प्लाटिनम अप्रुभल लर्निङ पार्टनर’ को दर्जा पाइसकेको छ । कलेजको एसीसीए कार्यक्रमको लोकप्रियता, शिक्षण सिकाइ, रोजगारीका विषयमा रहेर एसीसीए कार्यक्रमका वरिष्ठ कार्यक्रम व्यवस्थापक दीपेन्द्रकुमार श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानी :

ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा विद्यार्थीले कसरी निरन्तर विश्व सर्वोत्कृष्ट गर्न सफल भइरहेका छन् ?

पहिलो कुरा त शैक्षिक गुणस्तर नै हो । यहाँ शिक्षक हुनका लागि एसीसीए मेम्बर्स अर्थात् एसीसीए पढेर कम्तीमा तीन वर्ष बजारमा काम गरिसकेको हुनुपर्छ । हाम्रोमा मुख्य शिक्षकहरू पछिल्लो २० वर्षदेखि पढाइरहनुभएको हुनुहुन्छ ।

हाम्रा मुख्य शिक्षकहरूले डेढ घण्टा पढाउनुहुन्छ र एसिस्टेन्ट टिचरहरूले दोहोर्‍याएर बुझाउनुहुन्छ । यसबाट विद्यार्थीले केही बुझ्न नसकेका कुरा स्पष्ट बुझ्न मद्दत पुग्छ । प्रत्येक महिना मक टेस्ट हुने, फिडब्याक दिने, रिभिजन कक्षा हुन्छ । नेपाल टपर्स त हाम्रा लागि सामान्य हो, हरेक पटक हुन्छ नै ।

विद्यार्थीको मानसिक तथा शारीरिक स्वास्थ्य हाम्रा लागि सधैं प्राथमिकता रहन्छ । त्यसका लागि नियमित खेलकुद, आवश्यकता अनुसार परामर्श दिन्छौं ।

तीन महिनाको कोर्समा पहिलो एक महिना पढ्ने, दोस्रो महिना दोहोर्‍याउने, तेस्रो महिना मक टेस्ट लिन्छौं । त्यसले हाम्रा विद्यार्थीलाई कहाँ सहयोग गर्नुपर्ने रहेछ भनेर छलफल गर्छौं र फाइनल टेस्टका लागि तयारी गर्छौं । आवश्यकता अनुसार पाहुना शिक्षकहरू पढाउनुहुन्छ । अपडेटेड पाठ्यसामग्री पर्याप्त उपलब्ध गराउने, विद्यार्थी आपसमा छलफल गरेर पढ्न प्रेरित गर्ने वातावरण छ ।

विद्यार्थीले पढ्दापढ्दै विभिन्न क्षेत्रमा इन्टर्नसिप पनि गराउँछौं । देशभित्र तथा देश बाहिर फिल्ड भिजिट नियमित हुन्छ । यसरी पास भएर निस्किँदासम्म विद्यार्थी बजारले खोजे जस्तो जनशक्ति तयार हुन्छन् । हामीले विद्यार्थीको सिकाइलाई प्राथमिकता दिएकै कारण यो नतिजा आइरहेको छ भन्ने हाम्रो दाबी हो । विद्यार्थीको मानसिक तथा शारीरिक स्वास्थ्य हाम्रा लागि सधैं प्राथमिकता रहन्छ । त्यसका लागि नियमित खेलकुद, आवश्यकता अनुसार परामर्श दिन्छौं ।

हाम्रो निरन्तर उत्कृष्ट नतिजाकै कारण एसीसीए शैक्षिक कार्यक्रमका लागि हामीले प्लाटिनम अप्रुभल लर्निङ पार्टनरको दर्जा पाएका छौं ।

कुन–कुन विषयमा विद्यार्थी विश्व सर्वोत्कृष्ट भएका छन् ?

सन् २०१७ जुनमा हाम्रो विद्यार्थी रेजिका महर्जनले बिजनेस पीथ्री एनालाइसिस विषयमा विश्व प्रथम अर्थात ‘ग्लोबल प्राइज विनर’ भइन् भने २०१८ मा समग्रमा गोल्डमेडलिस्ट हुन सफल भइन् । त्यसपछि रिया मानन्धर २०२० डिसेम्बरमा ट्याक्सेसन विषय र २०२१ मार्चमा पर्फर्मेन्स एन्ड म्यानेजमेन्टमा ग्लोबल प्राइज विनर, २०२२ डिसेम्बरमा फाइनान्सियल म्यानेजमेन्ट विषयमा विश्व दोस्रो, २०२२ अगस्टमा सिम्पसन स्कलरसिप २०२२ विजेता हुन् ।

विश्व बजारमा एसीसीए पढेका विद्यार्थीका लागि राम्रा अवसर छन् । नेपालमा बसेर विश्व बजारमा सहजै रोजगारी पाउन सक्ने कोर्स पढ्न पाउने तुलनात्मक रूपमा सस्तो शैक्षिक कार्यक्रम हो ।

२०२३ जुनमा ट्याक्सेसन विषयमा विश्व दोस्रो र अगस्टमा सिम्पसन स्कलरसिप दिपाम्सु थापाले पाएका छन् । २०२३ मा स्ट्राटेजिक बिजनेस रिर्पोटिङमा विश्व दोस्रो स्थान रञ्जन पौडेल र २०२३ जुनमा हर्षवद्र्धन शाहले ट्याक्सेसन विषयमा विश्व तेस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी २०२४ मार्चमा अडिट एन्ड एस्योरेन्स विषयमा अन्सुल पन्तले विश्व दोस्रो र २०२४ जुनमा सन्द्रा खत्रीले ट्याक्सेसनमा विश्व तेस्रो स्थान पाएका थिए ।

वर्ल्ड टप गर्नेलाई एसीसीएले २ सय पाउन्ड रकम पुरस्कार दिन्छ भने कलेजले शुल्क तथा ५० हजार बराबर पुरस्कार दिन्छ । सिम्पसन स्कलरसिप विश्वभरिका सर्वोत्कृष्ट पाँच विद्यार्थीलाई हरेक वर्ष दिने गरिन्छ । ती सर्वोत्कृष्ट पाँच जनालाई एसीसीएले पाँच वर्षका लागि निःशुल्क र कलेजले पनि निःशुल्क गरिदिन्छ ।

एसीसीए शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण कस्तो छ ?

यो शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दो छ । त्यसैले पनि यो विषयमा विश्वमै सबैभन्दा धेरै विद्यार्थी उत्पादन गर्नेमध्ये हामी पर्छौं । हाम्रा विद्यार्थीले विश्व सर्वोत्कृष्ट, सिम्पसन स्कलरसिपहरू पाइरहेका छन् त्यसले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ ।

किन एसीसीए विषयमा आकर्षण बढिरहेको छ ?

पहिलो त यसको ग्लोबल डिमान्ड छ । विश्व बजारमा एसीसीए पढेका विद्यार्थीका लागि राम्रा अवसर छन् । नेपालमा बसेर विश्व बजारमा सहजै रोजगारी पाउन सक्ने कोर्स पढ्न पाउने तुलनात्मक रूपमा सस्तो शैक्षिक कार्यक्रम हो । एसीसीएको शुल्क, किताबको पैसा र कलेज शुल्क करिब साढे ७ लाखभित्र पढाइ पूरा हुन्छ । त्यसमा पनि छात्रवृत्ति तथा विभिन्न शैक्षिक योग्यताका आधारमा पाउने छुट पनि छ ।

अर्को तीन वर्षमा मास्टर्स पूरा गर्न सकिन्छ । पढ्नका लागि लचकता पनि हो । पढ्दापढ्दै जहाँ पनि जान पाइन्छ । नेपालमा तीन पेपर पास गरेपछि चौथो पेपर पढ्न भारत अथवा बेलायत गएर पढ्न सकिन्छ । परीक्षा, रोजगारीका हकमा पनि त्यस्तै छ । संसारको कुनै पनि कुनामा गएर परीक्षा अथवा काम गर्न पाइन्छ । त्यसैले यसलाई ग्लोबल पासपोर्टका रूपमा व्याख्या गर्न थालेका छन् ।

यहाँ पढेकालाई रोजगारीको अवसर के छ ?

कलेजमा अथवा सिस्टर अर्गनाइजेसनमा रोजगारीको अवसर हुन्छ । तर, सामान्यतया ग्र्याजुएट भइसकेपछि विद्यार्थी आफैंले खोजेर जाने गरेका छन् । विद्यार्थीलाई आवश्यक परेको खण्डमा सहजीकरण गरिरहेका हुन्छौं । त्यसरी हाम्रो सहजीकरणमा नेपाल अथवा मध्यपूर्वका विभिन्न कम्पनीमा विद्यार्थीहरू रोजगारीमा गएका छन् ।

एसीसीए शैक्षिक कार्यक्रमबारे थप योजना के कस्ता छन् ?

पहिला जनवरी र जुलाई गरेर वर्षमा दुई पटक भर्ना गरिन्थ्यो भने अब वर्षमा तीन पटक भर्ना हुन पाउने भएका छन् । अब जुन, सेप्टेम्बर, डिसेम्बर र मार्चमा भर्ना हुन पाउनेछन् । जुनमा भर्ना भइसकेका छन् । अब सेप्टेम्बरका लागि तयारी भइरहेको छ । त्यसका लागि पोखरा र काठमाडौं गरी १ सय २० विद्यार्थी भर्ना हुने निश्चित भइसकेको छ ।

पोखराको चिप्लेढुंगामा यही जुनबाट पढाइ सुरु गरेका छौं र अब सेप्टेम्बरबाट दुबईमा पनि पढाउने तयारी गरिरहेका छौं । हाम्रा विद्यार्थी आफूले इच्छाएको ठाउँबाट पढ्न सक्छन् । सेप्टेम्बर इन्टेकका लागि भदौ २४ र २५ मा ओरेन्टेसन क्लास छ ।

वर्षमा दुई पटक भर्ना लिइरहेको एसीसीए कार्यक्रमा अब चार पटक भर्ना लिँदा विद्यार्थीमा पढाइको चाप थपिँदैन ?

त्यस्तो हुँदैन । वर्षमा दुई पटक भर्ना लिँदा वैकल्पिक विषय पनि पढाइ हुन्थ्यो । किनभने, यहाँ एउटा विषयमा पढाइ हुन्छ । एक चोटिमा दुई विषय पढ्न चाहने विद्यार्थीलाई आज एउटा, भोलि एउटा गरेर पढाइ हुन्थ्यो । अब तीन महिनामा भर्ना सुरु हुने भएपछि विद्यार्थीलाई एकैचोटि दुई विषय पढ्न गाह्रो हुन्छ र एउटा मात्रै पढ्छन् र दैनिक कक्षा हुन्छ । अब एक चोटिमा दुई विषय भने पढ्न नपाउने भए, तर पढाइमा चाप बढ्ने भन्ने हुँदैन ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?