+
+

सुदूरपश्चिमको बजेट भदौ अन्तिममा मात्र आउने

जनक विष्ट जनक विष्ट
२०८१ भदौ १९ गते १८:५३

१९ भदौ, धनगढी । सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट ल्याउन केही समय लाग्ने बताएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले २१ भदौभित्र बजेट ल्याउने भने पनि आर्थिक मामिला मन्त्री थापाले तयारी नपुगेका कारण ढिला हुन सक्ने बताए ।

अघिल्लो सरकारले प्रदेशसभामा पेश गरेको बजेटका कार्यक्रम परिमार्जन र पुनरावलोकन गर्नुपर्ने भएकाले मन्त्रालयहरुले निर्धारित समयमा कार्यक्रम पेश गर्न सकेका छैनन् ।

‘मन्त्रालयगत छलफल चलिरहेको छ । २२ गतेसम्म सबै मन्त्रालयको छलफल सकिन्छ होला । त्यसपछि २/३ दिन तयारीका लागि हाम्रो मन्त्रालयलाई समय चाहिन्छ’, मन्त्री थापाले अनलाइनखबरसँग भने, ‘त्यसपछि छिट्टै बजेट ल्याउने प्रक्रियामा पुग्छौं ।’

एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकारले गत १ असारमा प्रदेशसभामा पेश गरेको बजेट पारित नहुँदै सरकार फेरिएको थियो । कांग्रेस नेता कमलबहादुर शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले पेश गरेको बजेट नै परिमार्जन गर्न खोजेको छ ।

आर्थिक मामिलामन्त्री थापाले बजेटको आकार भने पहिलेकै हाराहारीमा रहने उल्लेख गरे । सोडारी नेतृत्वको सरकारले गत असार १ गते ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो ।

सरकारले बजेट शून्यताको अवस्था अन्त्य गर्न २४ साउनमा राजश्व संकलनसम्बन्धी सामयिक कर अध्यादेश २०८१ ल्याएको थियो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?