+
+

मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १९:१४

१९ भदौ, काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीका अनुसार ऐन संशोधन विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी छ ।

अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट रायसहित विधेयक फिर्ता आएको जानकारी दिँदै मन्त्री सुडीले एक साता भित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद पुग्ने बताए ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यस्तो जानकारी दिएका हुन् ।

२०८१ साल भित्रै विधेयक पास गरेर लागू गर्ने गरी मन्त्रालयले ऐन संशोधन गर्न लागेको उनले बताए ।

ऐन संशोधनको आवश्यकताबारे बोल्दै उनले भनेका छन्, ‘अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो । तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन गरिँदैछ ।’

तर, के कस्ता प्रावधान विधेयकमा राखिएका छन् भन्ने विषयमा उनी मौन रहे ।

कार्यक्रममा महिला कानुन विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन हुनुपर्ने बताए ।

पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको उल्लेख गर्दै उनले पार्लेमो प्रोटोकल अनुसार पनि ऐन संशोधन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?