+
+

गोरखा र चितवन जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते २०:१८

१९ भदौ, गोरखा। गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण भएको छ ।

वुटारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाको निर्माण सामग्री ढुवानीको सहजताका लागि उक्त ब्रिज बनाइएको हो ।

गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले निर्माण गरेको उक्त बेलिब्रिजको वुधवार उद्घाटन गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमकाबीच संयुक्त रुपमा ब्रिजको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रालिका निर्देशक निरन्जनकुमार रेग्मीले १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताए । उनका अनुसार पुलको लम्वाई ११६ मिटर र चौडाई ४.२ मिटर रहेको छ ।

‘यो ब्रिज २० टन भारवहन क्षमताको छ,’ उनले भने, ‘एक पटकमा एउटा गाडी मात्र आउजाउ गर्न मिल्छ ।’ चार महिनामा पुल निर्माणको काम सम्पन्न भएको र वुधवारबाट सवारी आउजाउ खुल्ला गरिएको उनले जानकारी दिए ।

उक्त पुलबाट गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ, भुम्लिचोक लगायतका स्थानीय बढी लाभान्वित हुने बताइएको छ । सो क्षेत्रमा उत्पादित कृषि उपजको ढुवानीमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि झोलुङ्गे पुलबाट बोकाएर ल्याउनुपर्ने बाध्यता रहेपनि अवका दिनमा पुल मार्फत गाडीबाटै ढुवानी गर्न सकिने बताइएको छ । उक्त पुल मार्फत मकैसिङ, नाम्जुङ आहाले हुदैँ गोरखा सदरमुकाममा पनि पुग्न सहज र दुरीको हिसावले छोटो हुने पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?