+

पलेशाले पाउने ६५ लाखको कर नकाट्ने प्रधानमन्त्रीको घोषणा

२०८१ भदौ  १९ गते २१:१२ २०८१ भदौ १९ गते २१:१२
पलेशाले पाउने ६५ लाखको कर नकाट्ने प्रधानमन्त्रीको घोषणा

१९ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ नै पाउने भएकी छन् ।

बुधबार स्वदेश फर्किएकी उनले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् । भेटपछि प्रधानमन्त्री ओलीले पलेशालाई सरकारले दिने पुरस्कारमा लाग्ने कर छुट दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/ग्रीष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ ।

फ्रान्सको पेरिसमा गत शनिबार पलेशाले पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेकी थिइन् ।

५ लाखसम्म पुरस्कारमा आकस्मिक लाभ कर लाग्दैन, थपमा २५ प्रतिशतसम्म आकस्मिक लाभ कर लाग्छ । तर प्रधानमन्त्रीले छुट दिने बताएका हुन् ।

 

केपी शर्मा ओली पलेशा गोवर्द्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय