+
+

रुसी सरकारी मिडियाका १० अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

राष्ट्रपति चुनाव प्रभावित पार्न खोजेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते ९:५७

२० भदौ, काठमाडौं । अमेरिकाले रुसका सरकारी मिडियाका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति चुनावमा दखल दिएको आरोप लगाउँदै अमेरिकाले रुसी मिडियाका १० जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको हो ।

बीबीसीका अनुसार अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित बनाउन अभियान नै चलाएको आरोप रुसमाथि छ ।

रुसको सरकारी मिडिया आरटी (साविकको रसियन टुडे) माथि रुसको सन्देश प्रवाह गर्नका लागि टेनेसीको एक फर्मलाई एक करोड डलर दिएको आरोप छ ।

प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानको नाम समेत छ । आरटीले भने अमेरिकी आरोपको खण्डन गरेको छ ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिस उम्मेदवार छन् ।

अमेरिकाका न्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आफू अनुकुल होस् भन्ने चाहेको आरोप लगाएका छन् ।

अमेरिकाले युक्रेनलाई सघाइरहेकाले त्यसलाई रोक्ने उद्देश्यले रुसले अमेरिकी निर्वाचनको नतिजा आफू अनुकुल होस् चाहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन कम गर्ने, रुस समर्थक नीतिलाई अगाडि बढाउने र अमेरिकाका मतदातालाई प्रभावित पार्ने उद्देश्य रुसको रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?