+
+

घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै व्यास नगरपालिका

रासस रासस
२०८१ भदौ २० गते १०:११

 

२० भदौ, तनहुँ । व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन ।

पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर संकलन गर्न थालेको जनाएको हो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले घरबाटै वर्गीकरण गरेर संकलन भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा केही हदसम्म फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।’

फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ ।

सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहेका छन् । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ ।

फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ । बत्तीस वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएकाले अब दीर्घकालीन योजनासहित समस्या समाधानको पहल भइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ । बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर संकलन हुँदै आएको छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?