+
+

ओलीलाई प्रचण्डको जवाफ– जनताको राउण्ड किक् कस्तो हुन्छ देख्नेछन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १०:३१

२० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार)को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काए । उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक् कस्तो हुन्छ तिनले देख्नेछन् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे । ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधान विपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदार रुपमा जनतामा लैजानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?