+
+

एआईजी ज्ञवालीसहित ५ प्रहरीले दायर गरेको रिट न्यायाधीश मल्ल र चुडालको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते ११:३९

२० भदौ, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी चढेको छ ।

न्यायाधीश मल्ल र चुडालको इजलासको (क) नम्बरमै उनीहरुको पेश चेढेको छ । उनीहरुले उमेर हदअनुसार अवकाश नपठाउन माग गर्दै १२ भदौमा सर्वोच्चमा निवेदन दिएका थिए । पहिलो सुनुवाइमा १३ भदौमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको थियो । त्यसैगरी अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरु पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ ।

आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनू भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ । उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?