+
+

निजामती विधेयकमाथि संसदीय समितिमा सैद्धान्तिक छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते ११:५५

२० भदौ, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो ।

यो विधेयक २१ फागुन २०८० मा दर्ता भएको थियो । विधेयक संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार आज सैद्धान्तिक छलफल हुनेछ । यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने उनले बताए ।

विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ ।

१२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

२०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।

प्रतिनिधि सभाको चालु कार्यकालमा दर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?