+

छालाको क्यान्सर के कारणले हुन्छ, कसरी बच्ने ?

२०८१ भदौ  २० गते ११:५९ २०८१ भदौ २० गते ११:५९
छालाको क्यान्सर के कारणले हुन्छ, कसरी बच्ने ?

छाला हाम्रो शरीरको महत्वपूर्ण र शरीरको सबै भागलाई ढाक्ने अंग हो । छाला प्रोटिन, खनिज, भिटामिन, बोसो र धेरै तन्तुहरू मिलेर बनेको हुन्छ । छालाको स्वास्थ्यमा हेरचाह गरेमा यसको चमकले अनुहार र शरीर आकर्षक बनाउँछ ।

सुन्दरता मात्र होइन, छालाले शरीरको सबै अंगलाई कीटाणु, विकिरण, प्रदूषण र धुलोमैलोबाट सुरक्षा गर्छ । छाला प्रत्येक व्यक्तिको रंग र बनावट अनुसार फरक-फरक हुन्छ । र, छालाको बाहिरी तहलाई इपिडर्मिस, मध्यम तहलाई डर्मिस र भित्री तहलाई हाइपोडर्मिस भन्ने गरिन्छ ।

छालाको अन्य कार्य

– बाहिरी चोटपटकबाट भित्री अंगलाई सुरक्षित राख्नु

– शरीरको तापमान नियन्त्रण गर्नु

– शरीरभित्रको पानी, नुन खनिज र तत्वहरूको सन्तुलन बनाइराख्नु

– वातावरण र वस्तुहरू छुँदा वा सम्पर्कमा आउँदा छाला हुँदै स्नायुलाई सन्देश दिनु

– भिटामिन डी को उत्सर्जन र सञ्चय गर्नु

– हानिकारक रसायन र कीटाणु, रोगका जीवाणुहरुलाई शरीरमा प्रवेश गर्न नदिनु

– परावैजनी किरणबाट शरीरलाई जोगाउनु

छालामा कुनै कारणवश देखिने समस्यामा सबैभन्दा घातक भनेको क्यान्सर हो । जसको बेलैमा उपचार नभए ज्यान समेत जान सक्छ ।

छाला क्यान्सरका प्रकार

छाला क्यान्सर बेसल सेल कार्सिनोमा, स्क्वामस सेल कार्सिनोमा र मेलानोमा गरी तीन प्रकारका हुन्छन् ।

बेसल सेल कार्सिनोमा

छालाको क्यान्सरका प्रकारमध्ये बेसल सेल कार्सिनोमा सबैभन्दा सामान्य प्रकार हो । यो क्यान्सर छालाको सबैभन्दा तल्लो तहको मूल कोषिकामा विकास हुने गर्छ ।

यो क्यान्सर विस्तारै विस्तारै बढछ र अन्य भागमा फैलिन्छ । त्यसैले यसको उपचार समयमै गर्न जरुरी छ ।

स्क्वामस सेल कार्सिनोमा

यो क्यान्सर छालाको माथिल्लो तह बाहिरी कोषिकामा हुन्छ । मुखको भित्र, प्रजनन् क्षेत्र सहित स्क्वामस सेल कार्सिनोमा क्यान्सर कहीं पनि हुनसक्छ । त्यसैले यो क्यान्सर फैलिनबाट रोक्न सुरुमै जाँच आवश्यक छ ।

मेलोनोमा

मेलोनोमा क्यान्सर छालालाई रङ प्रदान गर्ने कोषिकाबाट सुरु हुन्छ । यो क्यान्सर अन्य तन्तु तथा अंगमा छिटोछिटो फैलिन सक्छ । यद्यपि, सुरुमा उपचार गरेमा यो क्यान्सर ठीक हुनसक्छ ।

कारण

– वंशाणुअंश (डीएनए)मा कमजोरी वा खराबी

– शरीरभर नगन्य संख्यामा कोठीहरू हुनु र त्यसको आकारप्रकारमा परिवर्तन

– सूर्यको हानिकारक विकिरण

– निको नभएका घाउ र दागहरू लामो समय रहँदा

– चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन

– कोइला, पेट्रोलियम, आर्सेनिक जस्ता खनिज तथा धातु छालामा परिरहनु

छाला क्यान्सरका लक्षण

– कोठीको आकार तीव्र रुपमा बढ्नु तथा रंग परिवर्तन हुनु

– नयाँ दाग वा कोठी देखा पर्नु

– छाला चिलाउनु, दुख्नु र पोल्नु

– निको नहुने र त्यसबाट रगतको पीप निस्कने घाउ आउनु

– सुकेको तर दाग नगएको घाउ देखिनु

– छालामुनि ढिक्का वा डल्लो बन्नु

– रातो, खैरो, कालो रंगको घाउ र दाग आउनु

– छालामा धेरै मुसा पलाउनु

पहिचान

माथि उल्लेखित लक्षणको आधारमा क्यान्सर रोग विशेषज्ञद्वारा निरीक्षण गरिन्छ । त्यसका लागि छालाको घाउ-मासुको टुक्राको परीक्षण (बायोप्सी) गरिन्छ ।

स्क्वामस सेल कार्सिनोमा क्यान्सरका चार चरण छन् ।

पहिलो चरण : सुरुवाती चरणमा क्यान्सरको आकार दुई सेमी भन्दा कम हुन्छ ।

दोस्रो चरण : क्यान्सरको आकार दुई सेमी भन्दा बढी तर चार सेमी भन्दा कम ।

तेस्रो चरण : क्यान्सरको आकार चार सेमी भन्दा ठूलो आकारको हुन्छ ।

चौथो चरण : अन्य अंगमा फैलिएर हड्डीमा छेडिसकेको हुन्छ ।

जति छिटो क्यान्सर पत्ता लाग्छ उपचार त्यति सफल र राम्रो भने जति ढिलो भयो त्यति जटिल उपचार हुन्छ ।

उपचार

छालाको क्यान्सरको सुरुको अवस्थामा क्यान्सर देखिएको छालाको भाग शल्यक्रिया गरी फालिन्छ । शल्यक्रिया बाहेक क्यान्सरको अवस्थालाई मध्यनजर गर्दै विकिरण, केमोथेरापीबाट उपचार, फोटो डायनामिक थेरापी (प्रकाश तरङद्वारा उपचार), इम्युनोथेरापी, टार्गेटेड थेरापी, केमिकल, पीलीङ्ग र अन्य औषधि उपचार गरिन्छ ।

क्यान्सरको रोकथाम

– चर्को घामबाट बच्ने

– कोठी र घाउहरुलाई औंला र नङले नकोट्याउने

– रसायनिक पदार्थहरू छालामाथि प्रयोग नगर्ने

– शरीरको सबै भाग छोप्ने गरी लुगा लगाउने

– घाममा बाहिर वा भित्र बस्दा पनि सनस्क्रिन क्रिम अनुहारमा लगाउने

– अनुहारमा छाया पर्ने गरी टोपी लगाउने

– घाममा निस्किंदा कालो चस्मा र अनुहार ढाक्न छाताको प्रयोग गर्ने

– छालाको संक्रमण भइहाले तुरुन्त उपचार गराउने

– प्रशस्त पानी पिउने (दैनिक २.५ देखि ३ लिटर) ।

छाला क्यान्सर डा. समिम अख्तर स्वास्थ्य
डा. समिम अख्तर
लेखक
डा. समिम अख्तर
कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट

डा. अख्तर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक तथा अध्यापकको रुपमा कार्यरत छन् । क्यान्सर रोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?