+
+

भेनिसमा लेडी गागाको स्टारडम, यस्तो रह्यो ‘जोकर २’ को वर्ल्ड प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १२:१६

काठमाडौं । लेडी गागा र जोकिन फिनिक्स स्टारर हलिउडको प्रतीक्षित फिल्म ‘जोकर : फोली ए ड्युक्स’ले प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा ११ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गरेको छ ।

नेपाली समयानुसार बुधबार राति यो फिल्मको रेडकार्पेट वर्ल्ड प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरअघि नै रेडकार्पेटमा देखिएका अभिनेता फिनिक्सले उदारता दर्शाउँदै दर्शकसँग सेल्फी खिचे ।

लेडी गागाको एक क्लिक लिन पापाराजीहरु रेडकार्पेट वरपर जम्मा भएका थिए । गागाको रेडकार्पेट फेसनको समेत उक्त अवसरमा निकै प्रशंसा भयो । रेडकार्पेट फेसन भन्ने बित्तिकै गागाको भिन्न स्टाइलको अपेक्षा गरिन्छ ।

गागाले डियोर हट कोचरको पहिरन लगाएकी थिइन्, जसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा बटुलेको छ ।

फिल्म हेरेर बाल्कोनीको सिंढीबाट तल झरेपछि गागाले फ्यानका लागि अटोग्राफमा हस्ताक्षर गरिन् । विशेषगरी अभिनेता फिनिक्सको लागि प्रशंसासहितको ताली बजिरह्यो । स्ट्यान्डिङ ओभेसनको क्रममा उनी र गागा गहिरो संवादमा व्यस्त देखिए ।

यो उत्सवको क्रममा गागाले आफ्ना मंगतेर (फियोन्से) माइकल पोलान्स्कीलाई दुईपटक अँगालो हालिन् । ‘जोकर’को अघिल्लो भाग पनि सन् २०१९ मा प्रिमियर हुँदै शीर्ष पुरस्कार गोल्डेन लायन्स जितेको थियो ।

दुई वर्ष रिलिज भएको फिल्मको दोस्रो भागमा पपस्टार लेडी गागाले जोडिएपछि स्टारपावरमा वृद्धि भएको छ । ‘जोकर २’ असोज १८ गते विश्वभर रिलिज हुँदैछ । नेपालमा भने असोज १६ गते नै रिलिज हुने जनाइएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?