+
+

यस्तो देखियो ‘देवी’को काठमाडौं प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १२:३३

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘देवी’को रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार बेलुका काठमाडौंको एक मल्टिप्लेक्स हलमा स्क्रिनिङ समारोह आयोजना गरिएको थियो ।

प्रिमियर समारोहमा फिल्मका कलाकार शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरीक्षा घतानी, निर्देशक सञ्जोग राई लगायत उपस्थित थिए । मास्के फिल्मकी सहनिर्मात्री समेत हुन् ।

फिल्म हेर्न कलाकार कार्म, गजित विष्ट, विशाल पहारी, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरी पनि समारोहमा पुगेका थिए । फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ ।

फिल्म हेरेपछि निर्देशक चौधरीले कन्टेन्टमा आधारित फिल्म बनाउने सपना हरेक निर्माताको हुने तर्क गरे । बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई फिल्मले सूक्ष्म रुपमा उठान गरेको भन्दै उनले फिल्मको प्रशंसा गरे । कलाकारले भूमिकालाई न्याय दिएको विश्लेषण उनको थियो ।

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको विषयवस्तुले आफूलाई भावुक बनाएको बताइन् । महिला हिंसा विरुद्धको कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको सृष्टिको धारणा छ । ‘देवी’जस्ता फिल्मले सरकारलाई घचघच्याउन सफल हुने उनको धारणा छ ।

अभिनेता कार्मले गहन विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले मन छोएको बताए । निर्देशक राईले हल रिलिजपछि मुलुकका विभिन्न ठाउँमा फिल्मलाई देखाएर समाजलाई जागृत गराउने तयारी गरेको बताए ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा फिल्म बनेको हो । प्रदर्शनका लागि बाँसुरी फिल्म्सले पनि सहकार्य गरेको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?