+
+

भारत–चीन युद्धको कथामा फरहान अख्तरले थाले ‘१२० बहादुर’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १२:५३

काठमाडौं । लामो समयपछि अन्ततः बलिउड अभिनेता तथा निर्माता फरहान अख्तरले आफ्नो फिल्म ‘१२० बहादुर’को घोषणा गरेका छन् । यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन् र निर्माताको रुपमा पनि जोडिएका छन् ।

रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले ट्रिगर ह्याप्पी स्टुडियोसँगको सहकार्यमा ‘१२० बहादुर’ प्रस्तुत गर्न लागेको हो । ‘१२० बहादुर’ले मेजर शैतान सिंह (पीभीसी) र चार्ली कम्पनी, १३ कुमाउ रेजिमेन्टका सिपाहीको कथा भन्छ । यो सैन्य-एक्सन फिल्मलाई सन् १९६२ मा भारत-चीन युद्धको समयमा सेट गरिएको छ ।

यो फिल्म रेजांग लाको युद्धबाट प्रेरित छ । ‘यसले हाम्रा सैनिकहरूको बहादुरी, वीरता र बलिदानलाई देखाउँछ,’ अख्तरले फिल्मको घोषणा गर्दै भनेका छन् ।

एक्सेल इन्टरटेनमेन्ट र ट्रिगर ह्याप्पी स्टुडियोले मेजर शैतान सिंह (पीभीसी)को भूमिकामा फरहान अख्तरलाई प्रस्तुत गर्दै दुई रोमाञ्चक मोसन पोस्टर जारी गरेका छन् । यो फिल्मको पहिलो सुटिङ सेड्युलमा बिहीबारदेखि लद्दाखमा सुरु हुँदैछ ।

आफ्नो फिल्मको घोषणा गर्दै फरहानले लेखेका छन्, ‘उनले जे हासिल गरे त्यो कहिल्यै भुल्ने छैनौं । सम्माननीय परमवीर चक्रबाट सम्मानित मेजर शैतान सिंह भाटी र चार्ली कम्पनी, १३ कुमाउ रेजिमेन्टका सिपाहीहरूको कथा प्रस्तुत गर्दैछु भन्ने मेरो लागि ठूलो गौरव र सम्मानको कुरा हो,’ उनले भनेका छन् ।

उनी अगाडि लेख्छन्, ‘१८ नोभेम्बर १९६२ मा भारत–चीन युद्धको क्रममा लडिएको रेजांग लाको युद्ध, हाम्रा बहादुर सिपाहीहरूको अतुलनीय वीरता, अदम्य साहस र निस्वार्थताको कथा हो । वीरताको यो अद्भूत कथालाई पर्दामा ल्याउन भारतीय सेनाको समर्थन र पूर्ण सहयोग भएकोमा हामी अत्यन्तै आभारी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?