+
+

सुदूरपश्चिम पर्यटनको ‘भर्जिन’ क्षेत्र हो : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १३:०८

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा ‘भर्जिन’ क्षेत्र रहेको बताएका छन् ।

बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ, तर राज्यबाट पछि परेको छ, मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदूपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीतिक दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु,’ उनले भने ।

मन्त्री पाण्डेले यस भेगमा  ५ सयभन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गरे ।

उनले भाषा सभ्यता, संस्कृति, भेषभूषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।

संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउन नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सके देशमा आर्थिक वृद्धि हुने बताए ।

उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए । उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटि समेत संशोधन गर्दै अघि बढिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?