+
+

नागपोखरीमा नामीको अत्याधुनिक शोरुम सञ्चालनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १३:२७

काठमाडौं । काठमाडौंको नागपोखरीमा चिनियाँ विद्युतीय गाडी (ईभी) नामीको अत्याधुनिक शोरुम सञ्चालनमा आउने भएको छ ।

आगामी अक्टोबरको अन्त्यमा नागपोखरीमा नयाँ शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

हालका लागि नक्साल स्थित सेरेस शोरुमसँगै रहेको स्थानबाट नामीको टेस्ट ड्राइभ गरी यसको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप हो । यो ग्रुपले यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डका गाडीको कारोबार गर्दै आइरहेको छ ।

नामीले काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर सञ्चालनमा ल्याइसकेको छ ।

उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालै सम्पन्न नाडा अटो शो-२०२४ मा नामीले अवलोकनकर्ताहरूबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?