+
+

क्यानडा सरकारलाई वामपन्थी दलको समर्थन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १३:५१
क्यानडाको वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टी (एनडीपी) नेता जगमित सिंह

२० भदौ, काठमाडौं । क्यानडाको वामपन्थी दल न्यु डेमोक्रेटिक पार्टी (एनडीपी)ले प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एनडीपीका नेता जगमित सिंहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । उनले ट्रुडोको लिबरल पार्टी कमजोर र स्वार्थी भएकाले समर्थन फिर्ता लिएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा उनले भनेका छन्, ‘हामीले प्रधानमन्त्रीलाई हाम्रो समर्थन फिर्ता लिने निर्णयबारे जानकारी दिइसकेका छौं । लिबरल पार्टीका नेताहरु यति कमजोर र स्वार्थी भए कि उनीहरु क्यानडाका जनताका लागि लड्न सकेनन् ।’

सन् २०२२ मा भएको एक सम्झौताका आधारमा लिबरल पार्टीलाई एनडीपीले साथ दिएको थियो । तर सत्ता साझेदारी भने गरेको थिएन ।

ट्रुडोलाई अढाइ वर्षदेखि एनडीपीले समर्थन गरेको थियो । सोही समर्थनका कारण उनी सरकारको नेतृत्वमा टिकिरहेका थिए । अहिले समर्थन फिर्ता लिएका कारण उनी संकटमा परेको बीबीसीले जनाएको छ ।

क्यानडामा आगामी सन् २०२५ को अक्टुबरमा निर्वाचन हुँदै छ । एनडीपीले समर्थन फिर्ता लिएकाले अब ट्रुडो नेतृत्वको सरकारले संसदमा विश्वासको मत हासिल गर्नुपर्ने छ । यदि विश्वासको मत हासिल गर्न नसके उनी पदमुक्त हुनेछन् । यस्तो अवस्थामा क्यानडामा निर्धारित मिति अगावै आम निर्वाचन हुने सक्ने अनुमान पनि भइरहेको छ ।

प्रधानमन्त्री ट्रुडोले क्यानडामा सकेसम्म छिटो चुनाव गर्ने बताएका छन् ताकि सरकारले आफ्ना एजेण्डामा काम गर्न पाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?