+
+

‘सक्किगो नि’का कलाकार काकुले फिल्म ‘परान’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १५:१७

काठमाडौं । टेलिभिजन श्रृंखला ‘सक्किगो नि’का चर्चित कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले फिचर फिल्म ‘परान’ निर्देशन गर्ने भएका छन् । उनले यो शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरेका छन् ।

प्रिमियम प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई सुष्मा गुरागाईंले निर्माण गर्न लागेकी हुन् । कलाकारको नाममा शिवराम लामिछाने र प्रसाद आचार्य उल्लेख भएपनि अन्य कलाकार तय हुने जनाइएको छ ।

फिल्मको बजेट १ करोड बताइएको छ । निर्माताले चाँडै पत्रकार सम्मेलन गर्दै फिल्मको घोषणा गर्ने तयारी गरेका छन् । ‘सक्किगो नि’का कलाकार जिग्री ब्रो, पाँडे, बले, कक्रोच लगायत अर्को फिल्म ‘लाज शरणम’ छायांकनमा जुटेको बेला सोही सिरियलका कलाकार काकुले नयाँ फिल्म निर्देशन गर्न लागेका हुन् ।

‘लाज शरणम’को क्रूमा काकुको नाम पनि समावेश थियो । के तपाईंले ‘सक्किगो नि’ सिरियल छाड्नुभएको हो ? भन्ने प्रश्नमा काकुले यसबारे अहिले आफूले केही नबोल्ने अनलाइनखबरलाई बताए । फिल्मबारे पनि उनले विस्तृत बताएनन् तर, चाँडै प्रेसमिटबाट जानकारी दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?