+
+

ब्रिटिस कप इन्टर कलेज फुट्सलको उपाधि आईएसएमटी कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १५:५२

काठमाडौं । पाँचौं संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ । थेम्स कलेजलाई पेनाल्टीमा पराजित गर्दै आईएसएमटी कलेजले उपाधि जितेको हो ।

जितसँगै आईएसएमटी कलेजले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको थेम्स कलेजले ५० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा थेम्स कलेजका मिलन गोदार थापा उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै आईएसएमटीका रुपेश गिरी सर्वाधिक गोलकर्ता, सनम घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए । व्यक्तिगत विधाका विजेताहरूले १० हजार रुपैयाँ नगद हात गरे ।

नाथम कलेजलाई ‘फेयर प्ले टीम’ अवार्डसँगै १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

विजेताहरुलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी विशाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले उपाधि विजेता, उपविजेता र प्रतियोगितमा सहभागी सबै टिमलाई बधाई एवम् धन्यवाद दिए ।

कलेजका अनुसार प्रतियोगितामा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौं विश्वविद्यालयको ‘बी’ टिम, द वेस्टमिन्स्टर कलेज, द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज, न्याथम कलेज, सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज, प्राइम कलेज, भेदास कलेज, ब्रिटिस प्रोफेसनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर सहभागी थिए ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजले १-३ सेप्टेम्बरसम्म प्रतियोगिता सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?