+

महिला लिगमा कोशीको लगातार दोस्रो जित

२०८१ भदौ  २० गते १५:५५ २०८१ भदौ २० गते १५:५५
महिला लिगमा कोशीको लगातार दोस्रो जित

२० भदाै, काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो ।

खेलको २६ औं मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै कोशीका लागि समीक्षा मगरले बराबरी गोल फर्काइन् ।

५४ औं मिनेटमा बागमतीकी दिव्या यसमाली मगरले आत्मघाती गोल गरेपछि कोशीले २-१ को अग्रता बनायो । प्रतीक्षा राईको प्रहार मगरलाई ठोक्किएर आफ्नै पोष्टमा गोल भएको हो ।

त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन । लगातार दुई जितपछि ६ अंक जोडेर कोशी शीर्ष स्थानमा छ ।

कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गरेको थियो । बागमतीको भने यो पहिलो हार हो ।

एन्फा महिला लिग कोशी फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय