+
+

इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सरोकारवालाको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १४:४६

१९ भदौ, काठमाडौं । युवाका लागि इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सरोकारवालाहरूले माग गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघले आयोजना गरेको एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी २०२४मा सरोकारवालाहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एव‌ं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीति निर्माण प्रक्रियामा युवाहरूको सहभागिता र सक्रियतामा जोड दिइन् । विश्व इन्टरनेटको हातमा भएको बेला नेपाली युवाहरूलाई सचेत गराउँदै इन्टरनेटको पहुँचमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

क्यान महासंघका अध्यक्ष रणाजीत कुमार पोदारले क्यानले युवा सचेतना गराउँदै भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई थप सक्रियता बढाउनु इन्टरनेट महत्वपूर्ण हुने बताए । उनले भने, ‘अहिले दाल,भात तरकारीजस्तै इन्टरनेट युवाहरूको लागि नभइनहुने आधारभूत आयवश्यकता बनिसकेको छ। अब यसबारेमा युवालाहरूलाई सचेतना गराउँदै भविष्यका डिजिटल नीतिका अभियन्ताहरू/ प्रशिक्षक बनाउन जरूरीछ। यसमा इन्टरनेटले एकदमै ठूलो भूमिका निर्वाह गर्दछ ।’

यस्तै ‍ई-गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य-सचिव ई. दीपेश विष्टले डिजिटलाइजेशन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता रहेको जुन इन्टरनेटबिना असम्भव रहेको बताए। ‘डिजिटलाइजेशन अहिलेको सरकारको मुख्‍य आवश्यकता हो। तर सरकारको प्रक्रियाको समन्वय गर्न इन्टरनेट अनिवार्य चाहिन्छ।’ उनले भने ।

युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले भने, ‘ इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउऔं। हामी सबै सरोकारवालाले यसबारेमा छलफल गरे निष्कर्ष निकाल्नु जरूरी छ।’

जनरल टेक्नोलोजी प्रालिकी सीईओ सुनैना पाण्डेले नेपालको परिप्रेक्ष्यमा इन्टरनेट गभर्नेन्स अत्यन्तै कमजोर रहेको भन्‍दै सरकारले यसबारेमा बेलैमा सोचेर नीति बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सरकारले इन्टरनेट गभर्नेन्सबारे नीति ल्याउनुपर्छ। यसले भविष्यमा डिजिटल इकोनोमी बलियो बनाउन मद्दत पुर्‍याउँछ।’

युथ इनोभेसन ल्याबकी कार्यक्रम संयोजक अरुणा जोशीले इन्टरनेट नै भएकाले डिजिटलाइजेशनमा युवाहरूको संलग्नता जुरूरी रहेको बताइन् ।

कार्यक्रममा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा इन्टरनेट गभर्नेन्सको भविष्य निर्माण गर्नका लागि बलियो आधार रहेको बताए । उनले भने, ‘ नीति निर्माता, प्रयोगकर्ता, नियामक, टेलिकम अपरेटर, आईएसपीहरू र अन्य मुख्य सरोकारवालाहरूबाट महत्त्वपूर्ण अन्तर्दृष्टि प्राप्त भएको छ। यसलाई समावेशी, सुरक्षित, र खुला इन्टरनेट पहुँचलाई प्रोत्साहन गर्ने कार्यनीतिहरूमा सहयोग पुग्छ।’

कार्यक्रमका लागि इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, बैंकिङ्ग पार्टनर ग्लोबल आइएमई बैंक लिमिटेड र सहयोगीहरूमा एडुटेक इन्टरनेसनल प्रा.लि. (होरिएन), एनपीआईएक्स, इन्फोडेभलपर्स प्रा.लि., सफ्टवेरिका कलेज अफ आईटी र ई-कमर्स र म्याक्स इन्टरनेसनल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?