
२० भदौ, काठमाडौं । सिधा कुरा डटकमविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार पनि फैसला सुनाउन सकेन ।
बिहीबार निर्णय सुनाउने मिति तोकिएकामा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति सरेको भनी वेबसाइटमार्फत सूचना दिएको छ । सर्वोच्च अदालतले फैसला सुनाउने अर्को मिति तय गरिसकेको छैन ।
रंगेहात घुस सम्बन्धी मुद्दामा न्यायाधीशहरु विचौलियाबाट प्रभावित भई फैसला गरेको र यसमा मिडिया सञ्चालकहरु पनि संलग्न भएको भन्दै समाचार प्रकाशित भएपछि सिधा कुराका प्रकाशक, सम्पादक र अडियो रेकर्ड उपलब्ध गराउने राजकुमार तिमिल्सिना विरुद्ध अवहेलनाको निवेदन दर्ता भएको थियो ।
अवहेलनासम्बन्धी उक्त मुद्दा सर्वोच्च अदालतको ९ सदस्यीय वृहत पूर्ण इजलासले सुनुवाइ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4