+
+

प्रचण्डलाई भेटे एमाले नेताहरुले

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १७:१५

२० भदौ, काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले जनाएका छन् ।

भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन् ।

यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?