+
+

व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १७:२७

२० भदौ, काठमाडौं। व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२ घर भएका ४९ वर्षीय लक्ष्मण चौरसिया छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीरगञ्जबाट पक्राउ गरेको हो ।

चौरसिया समेत चार जना व्यक्तिहरूले ५ वैशाख २०६४ मा मा पर्साको साविक बहुअर्वा गाविस–५ बस्ने ढोडा मुखिया विनको गोली प्रहार गरी हत्या गरेको थिए ।

यो घटनाको सर्वोच्च अदालतले २४ कात्तिक २०६९ मा अन्तिम फैसला गर्दै कर्तव्य ज्यान मुद्दामा लक्ष्मणलाई सर्वस्व सहित जन्म कैद सजाय ठहर भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?