+
+

‘रावायण’लाई एडल्ट सर्टिफिकेट र पाएको शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १७:३५

काठमाडौं । हिंसात्मक दृश्यको प्रशस्त प्रयोगपछि केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको छ ।

बोर्ड सदस्य ऋषिराज आचार्यले १६ वर्ष मुनिका दर्शकले हेर्न अनुपयुक्त हिंसात्मक दृश्य र संवादको कारण फिल्मलाई वयस्क प्रमाणपत्र दिइएको बताए । बोर्डले फिल्मको रनटाइम १८४ मिनेटमा समेत सीमित गरिदिएको छ ।

एडल्ट सर्टिफिकेट पाउनुको अर्थ १६ वर्षमुनिका दर्शकलाई फिल्म हेर्न प्रतिबन्ध लगाइएको भन्ने हो । अब प्रश्न उठ्छ- सीमित उमेर समूह र प्राप्त शोजको चुनौतिको बाबजुद ‘रावायण’ले शुक्रबार कस्तो ओपनिङ गर्ला ?

प्रमुख मल्टिप्लेक्सले फिल्मको एड्भान्स टिकट बिक्री थालेका छन् । फिल्मको एड्भान्स टिकट विक्री कस्तो छ भन्ने कुरा सम्बन्धित हल र केही डिजिटल वालेटमा देख्न सकिन्छ ।

फिल्मको ट्रेलर हेर्दा पनि यसमा प्रशस्तै काटमार, लडाइ र रगतका दृश्य छ । सन् २०१२ मा रिलिज भएको ‘धन्दा’पछि सुदर्शन थापाको यो अर्को एडल्ट फिल्म हो । ‘धन्दा’मा पनि सिरियल किलरको कथावस्तु समेटिएको थियो ।

विहिबारदेखि ‘द ग्रेटेस्ट अफ अल टाइम’

विजय थलापति स्टारर दक्षिण भारतीय फिल्म ‘द ग्रेटेस्ट अफ अलटाइम’ पनि विहिबारदेखि नेपाली हलमा रिलिज भएको छ । १८४ मिनेट रनटाइमको यो फिल्मलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।

शुक्रबार ‘रावायण’सहित अर्को नेपाली फिल्म ‘देवी’ र गतसाता भेनिस फिल्म फेस्टिभलको ओपनिङ फिल्मको रुपमा रहेको ‘बिटलजुस बिटलजुस’ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?