+
+

श्यामबहादुर पाण्डेलाई मरणोपरान्त ‘पीपी प्रसाईं टुरिज्म लाइफटाइम एचिभमेन्ट अवार्ड’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १७:५६

२० भदौ, काठमाडौं । पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेलाई मरणोपरान्त ‘पीपी प्रसाईं टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड-२०२४’ प्रदान गरिएको छ ।

पीपी प्रसाईं फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाण्डेका छोरा प्रवीणलाई हस्तान्तरण गरेकी हुन् ।

होटल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए ।

फाउन्डेसनले ‘उत्कृष्ट शिक्षक पुरस्कार-२०८१’ पनि प्रदान गरेको छ । प्रत्येक प्रदेशबाट एक/एक जना उत्कृष्ट शिक्षकलाई सो पुरस्कार प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

पुरस्कार पाउनेमा श्री फिक्कल माध्यमिक विद्यालय (कोशी प्रदेश) का मातृकाप्रसाद दाहाल, सिराहाको श्री जनता माध्यमिक विद्यालय (मधेश प्रदेश) का रामकृपाल महतो, श्री महेन्द्रग्राम माध्यमिक विद्यालय (बागमती प्रदेश) का अम्बिका धिताल छन् ।

पुरस्कार पाउने शिक्षकहरूमा कोशी प्रदेशका मातृकाप्रसाद दाहाल (श्री फिक्कल माध्यमिक विद्यालय), मधेश प्रदेशका रामकृपाल महतो (श्री जनता माध्यमिक विद्यालय), बागमती प्रदेशका अम्बिका धिताल (श्री महेन्द्रग्राम माध्यमिक विद्यालय) छन् ।

यसैगरी गण्डकी प्रदेशका सन्तोष आचार्य (माछापुच्छ्रे माध्यमिक विद्यालय), लुम्बिनी प्रदेशका युवराज कँडेल (श्री कालिका मनविज्ञान माध्यमिक विद्यालय), कर्णाली प्रदेशका अशोककुमार राई (श्री अमरज्योति माध्यामिक विद्यालय) र सुदूरपश्चिम प्रदेशकी चन्द्रकला दवाडी (श्री सरस्वती माध्यमिक विद्यालय) ले सो पुरस्कार पाएका छन् ।

सातै जना शिक्षकहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।

साथै सम्मानित शिक्षकले अध्यापन गराउने विद्यालयलाई समेत १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान  गरिएको छ ।

यसैगरी शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत एक लाख रुपैयाँ राशीको पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहान स्वरूप प्रदान गरिएको छ ।

फाउन्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?