+
+

यस्तो छ विक्रान्त मेसी सिरियल किलर बनेको ‘सेक्टर ३६’ को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १७:५४

काठमाडौं । विक्रान्त मेसी र दीपक डोबरियाल अभिनित फिल्म ‘सेक्टर ३६’ को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमा रिलिज भएसँगै यो नेटफ्लिक्स फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

ट्रेलरले विक्रान्तलाई सिरियल किलरको भूमिकामा प्रस्तुत गरेको छ । ‘सेक्टर ३६’ नेटफ्लिक्समा भदौ २८ गते (सेप्टेम्बर १३) प्रिमियर हुने तयारीमा छ । विक्रान्तको अघिल्लो फिल्म ‘टुवेल्थ फेल’ले निकै चर्चा बटुलेको थियो ।

नेटफ्लिक्स इन्डियाले सामाजिक सञ्जालमा ‘सेक्टर ३६’ को ट्रेलर सार्वजनिक गरेको छ । यससँगै विक्रान्तले क्याप्सन लेखेका छन्, ‘विक्रान्त मेसी र दीपक डोबरियालले एउटा मनोरञ्जनात्मक बिरालो र मुसाको दौडमा अँध्यारो र विचलित पार्ने सत्यको पर्दाफास गरेका छन् । सेक्टर ३६, सत्य घटनाहरूबाट प्रेरित फिल्म हो ।’

‘सेक्टर ३६’ को ट्रेलर प्रहरी चौकीमा विक्रान्त मेसीबाट सुरु हुन्छ, जो प्रहरीको भूमिका निर्वाह गरेका दीपक डोबरियाल आइपुगेपछि उठ्छन् । त्यसपछि विक्रान्तलाई सोधपुछ गरिन्छ । ट्रेलरमा उनीहरुले बच्चालाई चकलेट खुवाएर मारेको देखाइएको छ । प्रहरीको सबै प्रयासका बाबजुद पनि सिरियल किलरको कुनै सुराक फेला परेको छैन ।

पुलिस अन्ततः विक्रान्तको घरमा पुग्छ, तर उनीहरूले कुनै प्रमाण फेला पार्दैनन् । विक्रान्तले पुलिसलाई आफ्नो छोरी छ कि भनेर सोध्छन् र आफ्नो गाउँमा ६ वर्षकी छोरी रहेको बताउँछन् । पछि उनले प्रहरी निरीक्षककी छोरीलाई अपहरण गर्छन् । त्यसपछि सत्य उजागर गर्न र बच्चाहरूलाई बचाउने अनुसन्धानतर्फ प्रहरीले कोसिस तीव्र पार्छ ।

फिल्ममा विक्रान्त मेसी, दीपक डोबरियाल, आकाश खुराना, दर्शन जरीवाला, बहरुल इस्लाम र इप्सिता चक्रवर्ती सिंहको अभिनय छ । फिल्मलाई आदित्य निम्बलकरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?