+
+

कलिङ महोत्सवमा दक्षिण एसियाका ३०० लेखक सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १८:२४

काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण भदौ २२ र २३ गते ललितपुरको होटल हिमालयमा आयोजना हुने भएको छ । दक्षिण एसियाका ३०० भन्दा बढी लेखक तथा विज्ञको उपस्थिति रहने महोत्सव उदघाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाल : एसियाली कला, संस्कृति तथा साहित्यको प्रवेशद्वार’ थिम रहेको यस वर्षको महोत्सवले नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा दक्षिण एसियासँगको सम्बन्धलाई जोड विश्वास आयोजकले लिएका छन् ।

कला, साहित्य, सिनेमा, रंगमञ्च, संगीत, मिडिया, राजनीति लगायत समसामयिक विधामा छलफल तथा प्रस्तुति रहने महोत्सवमा नेपाल तथा भारतका कवि, लेखक, कलाकार तथा विज्ञहरु सहभागी हुँदै आएका छन् ।

मूलतः दक्षिण एसियाली लेखकको जमघट हुने महोत्सवमा यसपटक पनि नेपाल लगायत भारत, भुटान र श्रीलंकाबाट दर्जनौं सहभागी हुँदैछन् । नेपालबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई समेत सहभागी हुनेछन् ।

अभि सुवेदी, भुवन ढुंगाना लगायत साहित्यकारको पनि उपस्थिति हुने जनाइएको छ । भारतबाट उदय प्रकाश, कूटनीतिज्ञ लक्ष्मी मुर्डेश्वर, अर्थशास्त्री तथा लेखक सञ्जीव सान्याल, लेखक गुरुचरण दास जस्ता ख्यातिप्राप्त लेखक सहभागी हुने उल्लेख छ ।

आइतबार दोस्रो दिन बेलायती राजदूत रोब फेन सहभागी हुनेछन् । महोत्सवलाई लामो समयदेखि कायम आपसी सम्बन्धलाई उत्सवका रुपमा स्मरण गर्ने महोत्सव निर्देशक रश्मीरञ्जन परिदाले बताए ।

संस्थापक सदस्य रञ्जना निरौलाले महोत्सवको बारेमा उत्साह व्यक्त गर्दै भनिन्, ‘यस संस्करणले साहित्य, संगीत, कला र संस्कृतिमा रुचि राख्नेका लागि जीवनभरि सम्झनलायक अनुभव प्रदान गर्नेछ ।’

प्यानल छलफल र मुख्य सत्र बाहेक सहभागीले साहित्य, कला, संगीत, कविता र कथावाचनलाई केन्द्रमा राखेर हुने कार्यक्रमको पनि लाभ उठाउन सक्ने जनाइएको छ । उक्त अवसरमा ‘डिजिटल युगमा विकास र कूटनीतिबारे पुनर्विचार’, ‘एआईको युगमा साहित्यको भूमिका तथा भविष्य’, र ‘गोर्खा पहिचानः अवसर तथा चुनौती’जस्ता विषय समावेश छन् ।

दुई दिनको अवधिमा यसले ६० भन्दा बढी सत्र सञ्चालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?