+
+

एआईजी ज्ञवालीसहितका प्रहरीको रिटमा अदालतले दिएन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १९:२४

२० भदौ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनीहरुको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यद्यपि, उनीहरुको मुद्दालाई अदालतले अग्राधिकार दिएको छ ।

एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले उमेर हदअनुसार अवकाशमा नपठाउन माग गर्दै १२ भदौमा सर्वोच्चमा रिट दिएका थिए ।

प्रहरी किताबखानाले भने उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । उनीहरुले सोही पत्र कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।

अदालतबाट अन्य आदेश नभए ज्ञवालीले यही साता अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?