+

साढे ३ करोडमा बिक्यो एनपीएलको एउटै फ्रेन्चाइजी

२०८१ भदौ  २० गते १८:३२ २०८१ भदौ २० गते १८:३२
साढे ३ करोडमा बिक्यो एनपीएलको एउटै फ्रेन्चाइजी

२१ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मालिक तय भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ गरेको थियो, जसमा पोखराका लागि सबैभन्दा महंगो बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाखमा पोखराको फ्रेन्चाइजी लिएको हो ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ ।

जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले पाएको छ । उसले बोलकबोलमा २ करोड ५ लाखमा फ्रेन्चाइजी पाएको हो ।

लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।

चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार रुपैयाँ र बिराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।

सबैभन्दा कमको बोली कर्णालीको फ्रेन्चाइजीमा लाग्यो । हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णाली टिमको फ्रेन्चाइजी लिएको हो ।

मंसिर १५ देखि ६ पुससम्म हुने एनपीएलमा ८ टिम रहनेछन् । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ ।

एनपीएल क्रिकेट नेपाल क्रिकेट संघ नेपाल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय