+
+

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सेयर कारोबारमा आवश्यक सुविधा एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १२:४०

२० भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकमा नयाँ खाता खोल्दा सेयर कारोबारमा आवश्यक सुविधा एकसाथ उपलब्ध हुने भएको छ ।

बैंकका अनुसार नयाँ खाता खोल्दा नियमित सुविधा सहित थप ५ वटा सुविधा उपलब्ध हुनेछ ।

बैंकले सार्वजनिक गरेको योजना अनुसार बैंकमा खाता खोल्दा अन्य नियमित सुविधासँगै डिम्याट खाता, मेरो सेयर, सी–आस्बा र टीएमएस खाता खोल्न सकिने छ ।

ग्लोबल आईएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सो खाता सञ्चालनका लागि मेरो सेयर, आईपीओ भर्न चाहिने सी–आस्वा रजिस्ट्रेसन नम्बर र जेबीएनएल सेक्युरिटिजमा सेयर खरिद तथा बिक्रीका लागि टीएमएस खाता सुविधा ग्राहकले पाउने बैंकले जनाएको छ।

यो सुविधा बैंकले सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिने छ । यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकमा नयाँ खाता खोलेर वा भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?