+
+

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट दीपकराज जोशी पर्यटन बोर्डको सीईओ छनोट भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते १९:१८

२० भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।

जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईओको जिम्मेवारी पूरा गरेका थिए । जोशी चार वर्षका लागि सीईओ नियुक्त भएको बोर्ड सञ्चालक समितिका एक अधिकारीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीको नाम दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?