+
+

गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते २०:३५

२० भदौ, काठमाडौं । सरकारले सहसचिव गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कार्कीलाई प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव नियुक्तिलाई लिएर असन्तुष्ट राष्ट्रिय योजना आयोगका सचिव तोयारनारायण ज्ञवालीले राजीनामा दिएपछि एक  सचिव पद रिक्त थियो ।

सचिवमा बढुवा भएका कार्की ५ महिनादेखि बाग्मती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिव थिए ।

गत १८ भदौमा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो । समितिले शिक्षा मन्त्रालयका डा. कमलप्रसाद पोखरेलसहित गोविन्दबहादुर कार्की र लुम्बिनी प्रदेशको कामु प्रमुख सचिव महादेव पन्थको नाम सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

पोखरेल र पन्थलाई छाडेर सरकारले कार्कीलाई सचिवमा बढुवा गरेको हो । उनी हाललाई बाग्मती प्रदेशमै पदस्थापन हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?