+
+

फिल्म ‘वर एण्ड वधु’को गीत ‘माया’मा रोमान्टिक आँचल र विवेक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २० गते २०:५८

काठमाडौंँ । शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको सार्वजनिक रोमान्टिक गीतमा दीपक लिम्बु र प्रविशा अधिकारीको स्वर, शैलेन्द्र खनालको शब्द र युग भुषालको संगीत छ ।

गीतमा फिल्मका मुख्य दुई कलाकारहरु आँचल शर्मा र विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेको अलवा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतका कलाकारको अभिनय छ ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?