+
+

राष्ट्रिय वाणिज्य बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ८:३८

२१ भदौ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट प्रवर्द्धित दुई म्युचुअल फन्डले इकाइधनीका लागि लाभांश घोषणा गरेका छन् । आरबीबी म्युचुअल फन्ड १ र आरबीबी म्युचुअल फन्ड २ ले लाभांश घोषणा गरेका हुन् ।

आरबीबी म्युचुअल फन्ड– १ ले करसहित ३.८१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै आरबीबी म्युचुअल फन्ड–२ ले ८.७४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । दुवै लाभांशका लागि भदौ ३१ गते बुक क्लोजको मिति तय भएको छ ।

भदौ ३० गतेसम्म म्युचुअल फन्डको इकाइ होल्ड वा खरिद गरेकाले लाभांश पाउने छन् । हाल आरबीबी म्युचुअल फन्ड– १ को बजार मूल्य प्रतिइकाइ ९ रुपैयाँ २२ पैसा छ भने आरबीबी म्युचुअल फन्ड–२ को १० रुपैयाँ ३४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?