+
+

सिम्ले र घोप्टेभिरको पहिरो पन्छाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ९:४६

२१ भदौ, काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डको दुई ठाउँमा झरेको पहिरो हटाइएको छ ।

सिम्ले र घोप्टेभिरमा आज बिहान पहिरो झरेको थियो । ती पहिरो पन्छाइसकिएको धादिङ प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएपछि सवारी साधनहरु दुईतर्फी नै निर्वाध चलिरहेको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–पोखरा सडकखण्डको अवस्था भने यो समाचार तयार पार्दासम्म सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?