+
+

पहिरोले बेनीसँगको सडक सम्पर्क विच्छेद

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १०:४०
बेनी बजार । फाइल फोटो

२१ भदौ, काठमाडौं । अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी–बाग्लुङ र बेनी–जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् इन्सपेक्टर राजन रायमाझीले गएराति पहिरो झरेकाले सडक अवरुद्ध भएको बताए ।

उनका अनुसार अन्नपूर्ण गाउँपालिका ३ गुइँठेभिर र सुकेबगर तथा अन्नपूर्ण गाउँपालिका २ को भुरुङभिरमा झरेको पहिरो पन्छाइए पनि अन्य ठाउँको पहिरो पन्छाएर सकिएको छैन ।

बेनी–जोमसोम सडकखण्डको अझै दुई ठाउँमा पहिरो छ । सो सडकखण्डको रघुगंगा–२ चनौटे र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा झरेको पहिरो पन्छाउने काम जारी छ ।

म्याग्दी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका २ सिममा पनि पहिरो खसेको छ । त्यहाँको पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ । सिमबाट अगाडि बढे पनि फेरि अर्को पहिरो बागलुङ खण्डमा झरेकाले गाडीहरु रोकिनु परेको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएकाले दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?