+
+

मान्डु हाइड्रोपावरको नगद लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते ११:५८

२१ भदौ, काठमाडौं । मान्डु हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २१३ औं संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबर कम्पनीले नगद लाभांश दिने छ । सो लाभांशमा कानुबमोजिम कर कटौती हुने कम्पनीले जनाएको छ ।

लाभांशका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोजको मिति तय गरेको छ । भदौ ३० गतेसम्म सेयर होल्ड वा खरिद गरेकाहरुले साधारणसभामा भाग लिन तथा नगद लाभांशका लागि हकदार हुनेछन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १०४१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?