+
+

बनेपा फिल्म स्टुडियो सन् २०२६ भित्र निर्माण गरिसक्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १२:२१
काभ्रेको बनेपास्थित फिल्म स्टुडियो निर्माण स्थलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत

काठमाडौं । बनेपामा प्रस्तावित फिल्म छायांकन स्टुडियोको निर्माण सन् २०२६ सम्म पूरा गर्ने लक्ष्य लिइएको छ । तिहारअघि नै बोलपत्र आह्वान गरिने र सन् २०२४ भित्र शिलान्यास गर्ने योजनामा चलचित्र विकास बोर्ड छ ।

शुक्रबार बिहान बोर्ड अध्यक्ष दिनेश डिसी, सदस्य सचिव राजेशकुमार थापा, बनेपा नगरपालिका १० र १३ का वडाध्यक्षहरु र स्थानीय प्रतिनिधिले स्टुडियो निर्माण हुने थलोको अवलोकन भ्रमण गरेका छन् ।

भ्रमणपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष डिसीले सन् २०२६ भित्रै निर्माण पूरा गर्ने आफूहरुको लक्ष्य रहेको बताए । यसका लागि सात दिनभित्र चारकिल्ला तोक्ने बोर्डको तयारी छ । ‘प्लटिङबाट मिचिएका जग्गाको फिर्ता प्रक्रिया आजैदेखि सुरु गर्छौं,’ डिसीले भने ।

असार २८ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।

काभ्रेको बनेपास्थित फिल्म स्टुडियो निर्माण स्थल

बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको थियो । आर्थिक २०८०-८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।

फिल्म स्टुडियोको निर्माण लागत ३९ करोड रुपैयाँ बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?